रामेछाप । माघ ४ गते
नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले अहिलेको सरकार इतिहासकै सबै भन्दा बढि भ्रष्टाचारी भएको अरोप लगाउनु भएको छ । यो सरकारले भ्रष्टाचारीलाई संस्थागत रुपमा नै सरक्षण गरेको नेता पौडेलको दाबि रहेको थियो । नेपाल प्रेस युनियन रामेछापले शनिबार बिहान मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडलले सरकारका सबै लोकतन्त्र विरोधी क्रियाकलाप रोक्न काँग्रेसले वलियो प्रतिपक्षिको भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । उनले काँग्रेसले संसद अवरुद्ध गरेर भए पनि यस्ता गतिविधि रोक्नु पर्ने बताउनु भएको थियो ।
उहाँले सुचना प्रविधि विधेयकले नागरिकका सम्पुर्ण अधिकार खोस्ने दावि समेत गर्नु भयो । सो विधेयक आएपछि कुनै पनि व्यक्तिको निजत्व कायम नहुने उनको भनाई थियो । त्यस्तै प्रेस काउन्सिल विधेयकले सबै पत्रकारको कलम खोस्ने पनि उहाँले बताउनु भयो ।
गुटबन्दिको कारण काँग्रेस कमजोर भएको बताउँदै उनले पार्टी भित्रैको गुटबन्दिको कारणा काँग्रेसले बलियो प्रतिपक्षिको भूमिका निर्वाह गर्न नसकेको बताउनु भयो ।