रामेछाप । रामेछाप जिल्ला मन्थली नगरपालिका ११ गेलुका एक युवाले बिष सेवन गरी आत्मा हत्या गरेका छन् बधबार विहान करीब ८ः३० बजेको उनले आत्मा हत्या गरेका हुन् । गेलुका प्रेम बहादुर घिसिङले ब्लुम नाम गरेको औषधी सेवान गरि आत्महत्या गरेका हुन । अन्दाजी ३० वर्षीय घिसिङले किरामार्ने औषधी सेवान गरि ज्यान गुमाएको रामेछाप प्रहरीले जनाएको छ । घिसिङ गेलुमा रहेको सारदा माबिमा कार्यालय सहयोगिका रुपमा कार्यरत रहेको बताइएको छ । उनको शव पोषमाटम गर्ने तयारी भैरहको घटना स्थलबाट प्रहरी निरिक्षकले जानकारी दिनुभयो ।