ताजा समाचार


चीनका १३ वटा प्रान्तमा कोरोना भाइरस

 नेपाल बाहक    ८ माघ २०७६, बुधबार १३:३९     221 जनाले पढ़िसके

चीनका १३ वटा प्रान्तमा कोरोना भाइरस देखिएको छ । भाइरस ९२०१९–कोभ० का कारण सिर्जित निमोनियाबाट ४४० जना संक्रमित भएको जानकारी गराएका छन् । यस नयाँ भाइरसका कारण हालसम्म नौ जनाको मृत्यु भइसकेको छ, र ज्यान गुमाउनेहुनेहरु सबैमध्य चीनको हुबेई प्रान्तका रहेका राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक ली बिनले बताउनुभयो ।

पत्रकार सम्मेलनमा उपनिर्देशक लीले मङ्गलबार मात्र १४९ जनामा भाइरस देखिएको पुष्टि भएको जानकारी दिनुभयो । विदेशमा हालसम्म जापानमा एउटा घटना प्रमाणित भएको छ भने थाइल्याण्डमा तीन र दक्षिण कोरियामा एक जनामा यो भाइरसको सङ्क्रमण देखिएको छ । चिनियाँ अधिकारीहरुले कुल २,१९७ को विशेष निगरानी गरिएको र तीमध्ये १ हजार ३९४ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएका छन् । स्वास्थ्य जाँच गरिएकामध्ये ७६५ जनालाई डिस्चार्ज गरिएको छ ।