ताजा समाचार


सिन्धुलीमा माइक्रोबस दुर्घटना हुदाँ एक जनाको ज्यान गयो

 नेपाल बाहक    १२ माघ २०७६, आईतवार ०३:३५     395 जनाले पढ़िसके

सिन्धुली । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुदाँ एक जनाको ज्यान मृत्यु भएको छ । झापाबाट काठमाण्डौ आउँदै गरेको बा ४ ख ६९६ नम्बरको माईक्रो बस बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ मा दुर्घटना भएको हो । दुर्घटनामा परी काठमाण्डौ महानगरपालिका ११ का मोहन महर्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।