ताजा समाचार


दोरम्बामा रहेको एनसेल टावरमा आगजनी

 नेपाल बाहक    १३ माघ २०७६, सोमबार ०४:३७     801 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लाको दोरम्वा गाउपालिका ७ गुन्सीमा हरेको एनसेलको टावरमा गए राति आगजनी भएको छ । करीव रातीको २ः३० मा टावरमा अज्ञात समुहले आगजनी गरेको रामेछाप प्र्रहरी जनाएको छ । परालमा बालेर लागएको आगोले जेनेटर र तारमा क्षति पुगेको छ । घटनाको बारेमा थप अनुसन्धन भइरहेको रामेछापका प्रहरी प्रमुख डिएसपि बसन्त पाठकले जानकारी दिनु भयो ।