ताजा समाचार


मातृशिशु स्थास्थ्य सुधार परियोजनोको जिल्ला स्तरीय परियोजना सल्लाहकार बैठक सम्पन्न

 नेपाल बाहक    १५ माघ २०७६, बुधबार १२:१७     585 जनाले पढ़िसके

रामेछाप । रामेछापमा सन्चालीत मातृशिशु स्थास्थ्य सुधार परियोजनोको जिल्ला स्तरीय परियोजना सल्लाहकार समिति बैठक आज मन्थलीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा कायक्रम सम्पन्न भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख प्रमेबहादुर खडकाले जनशक्ति विकास कार्यक्रम गोल्माटारले हालसम्म प्रशंसनीय कार्य गरेको भन्दै आगमी दिनहरुमा पनि विभिन्न संघ संस्था तथा परियोजनाहरुसँग समन्वय गर्दै यस्ता कार्यक्रम जिल्लामा सञ्चालन गर्न सुझाव दिनुभयो । यसैगरी संस्थाका अध्यक्ष गेहेन्द्र दर्लामी मगरले विभिन्न परियोजना तथा दातृनिकाय संघ संस्थाहरुसँग समन्वय गरिरहेकोले निकट भविष्यमै यस्ता कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक विन्देश्वर मगरले संस्थाले सन् २०१८ सेप्टेम्बरदेखि २०१९ सम्म गरेको कार्य प्रगतिको समीक्षात्म प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराई, जिल्ला स्वास्थ्य कार्यलय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्ण र जिल्लामा क्रियाशील पत्रकार लगायत अन्यको पनि उपस्थिति रहेको थियो । सिकाईका अनुभवहरु आदानप्रदान गर्दै परियोजनाको बैठक गरिएको छ । अमेरिकियर्सको आर्थिक सहयोगमा सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारको सहयोगमा १ करोड ४ हजारको लागतमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।