ताजा समाचार


असाहाय बालबालिकालाई शैक्षिक सामाग्रि बितरण

 नेपाल बाहक    १९ माघ २०७६, आईतवार १३:२३     516 जनाले पढ़िसके

सिन्धुली । सिन्धुली जिल्लामा असाहाय बालबालिकालाई शैक्षिक सामाग्रि बितरण गरीएको छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले प्लान इन्टरनेश्नल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज नेपाल सिन्धुलीको समन्वयमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने टुहुरा तथा अनाथ बालबालीकालाई शैक्षिक सामाग्रि हस्तान्तरण गरिएको हो ।

नगर भित्रका १४ वटै वडामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत ८० जना अनाथ बालबालीकाहरुलाई शैक्षिक सामाग्रि, विद्यालय पोषाक सहयोग गरिएको छ ।

कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले बालबालिकामा आर्थिक अभावको कारणले विचमा नै पढाई छाड्ने प्रबृत्ति निरुत्साहित गर्न शैक्षिक सामाग्रि हस्तान्तरण गरिएको जानकारी दिनुभयो । नगरपालिकाले बालबालिकामा पढ्न पाउने मौलिक हकको प्रत्याभुती गर्न र बालबालिकामा अध्ययन गर्न प्रति लगनशिलता बढ्ने उद्धेश्यले सहयोग गरिएको उहाँले बताउनुभयो ।