सिन्धुली । ५५ केजि गाजाँ सहित ६ जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुलीका अनुसार उनिहरुलाई हरिहरपुरगढी गाउँपालिका ७ बाट माघ १८ गते पक्राउ गरीएको थियो । प्रहरीले पक्राउ गरेकाहरुलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ घर भएका १८ बर्षिय सन्तोष स्याङतान, १८ बर्षिय आकाश बल, २४ बर्षिय अंकित मुक्तान, २४ बर्षिय सरोज स्याङतान, सिन्धुली कै मरिण गाउँपालिका २ निवासि ३५ बर्षिय तिलकध्वज मुक्तान र सर्लाही जिल्ला बागमति नगरपालिका ४ निवासि २४ बर्षिय श्रबणकुमार वाईवा रहेको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिनुभयो ।