रामेछाप । रामेछापको मन्थलीमा दोस्रो रामेछाप कृषि, पर्यटन, सांस्कृतीक तथा औद्योगिक महोत्सव २०७६ हुने भएको छ । ”कृषि, पर्यटन,प्रबन्धन गर्ने हाम्रो सान । कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान । भ्रवण बर्ष २०२० सफल पार्ने हाम्रो अभियान” भने मुल नाराका साथ आगमि फागुन ६ गते बाट १५ गते सम्म महोत्सव हुन लागेको आज मन्थलीमा पत्रकार सम्मेल गरी जानकारी गराइएको हो । कार्यक्रमको आयोजकको रुपमा रामेछाप उद्योग बाणिज्य संघ, सह आयोजकको रुपमा सामाजिक सशक्तिकरण नेपाल र मुख्य प्रयोजकको रुपमा मन्थली नगरपालिका रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । महोत्वसमा ४७ लाख २० हजार खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
महोत्सवले रामेछाप जिल्लामा बाह्य भित्राउन सहयोग पुग्ने रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव प्रसात घिमिरेले बताउनु भयो । महोत्सवमा घरेलु उद्योगको प्रबन्धनमा टेवा पुग्ने, निकारी योग्य बस्तुको पहिचान एबम् बजार प्रबन्धमा टेवा पुग्ने र स्थानिय बस्तु सेवाको बजार प्रबन्धन गर्न एबम् उद्योगि व्यबसायिलाई प्रोत्सान हुने अध्यक्ष घिमिरेले बताउनु भयो ।
महोत्सवमा जिल्लामा रहेको बिभिन्न पर्यटकिय स्थालको फ्लेक्स प्रिन्ट राखिने छ । जिल्लामा रहेको कला संस्कृतिक झाकिँ प्रर्दशन गरीने छ भने औद्योगिक प्रर्दशनि, दैनिक उपभोग्य बस्तुको प्रर्दशनि , खरीद बिक्रि, बाल उद्यान, राष्टिय तथा स्थानि कलाकार बाट संगितक कार्यक्रम गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।