ताजा समाचार


नगरभित्र शिक्षा र स्वास्थ्य क्षेत्रमा सकारत्मक परिणाम आउनलागेको नगरप्रमुखको बस्नेतको भनाई

 नेपाल बाहक    २२ माघ २०७६, बुधबार १२:३९     421 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिका अहिले सबै कुरामा व्यवस्थित बन्दै गएको दावि गरेका छन् । बुधबार मन्थलीमा आयोजित मानवअधिकार संरक्षण सञ्जाल रामेछापको स्वास्थ्य, शिक्षा र सुशासनको स्थलगत अध्ययन प्रतिवेदन सार्वजजनिक तथा हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले नगरपालिका भित्र केही प्राविधिक कुराहरुमा समस्या रहेपनि नगरपालिका सुधारको महत्वपुर्ण मार्गमा लगेको बताए । उनले नगरपालिका भित्र शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि लागि रहेको बताउँदै त्यसका सकारात्मक परिणाम आउन लागेको बताए । उनले नगरपालिकामा भएको कामको अनुगमन गरि सुझाव दिन नागरिक समाजलाई आग्रह गरे । यसको लागि नगरपालिकाले गर्नु पर्ने सबै सहयोग गर्ने पनि उनले बताए ।
सञ्जालको प्रतिवेदनमा आएका कुराको आधारमा नगरपालिकाले सुधारको लागि काम गर्ने उनले बताए । उनले आगामी शैक्षिक सत्रमा कम विद्यार्थी भएका १० वटा विद्यालयहरुलाई समायोजन गर्ने तयरी भैरहेको बताए ।
कार्यक्रममा मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख हेमन्त बुढाथोकीले शिक्षा क्षत्रको सुधारका लागि विद्यालय व्यवस्थापन समिति , प्रधानाध्यापक , स्थानीय जनप्रतिनिधि लगाएतका बिचमा भएको ४० बँुदे सम्झौता कार्यान्वयनमा कडाई गरिने बताए । उनले सञ्जालको प्रतिवेदनमा आएका कुरालाई सम्बोधन गर्ने गरी नगरपालिका भित्रका ६७ वटै विद्यालयहरुलाई एकैदिन छात्रवृत्ति प्रदान गर्ने तयारी भैरहेको उनले बताए । आगामि शैक्षिकसत्रबाट जेठ महिनामा छात्रावृत्ति वितरण गर्ने गरि काम गर्ने उनले जानकारी दिए ।
स्वास्थ्य शखा प्रमुख केशव फुयालले स्वास्थ्य संस्थाहरुवाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउनका लागि प्रभावकारी अनुगमन , प्रोत्साहान र कारवाही जस्ता कार्यहरु गरिरहेको बताए ।
मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमा मन्थली नगरपालिका वडा नं ८ चिसापानी र वडा नं ९ पुरानागाउँमा संचालित स्वास्थ्य संस्था र विद्यालयहरुको निगरानीमा आधारित अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
प्रतिवेदनले शिक्षा तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय पुगे नपुगेको अनुगमन गर्नुपर्ने, सेवाग्राहीको चापका आधारमा कर्मचारीको व्यवस्थापन गर्नुपर्ने, राज्यले निशुल्क रुपमा प्रदान गर्ने औषधीहरु कहिल्यै अभाव नहुने गरि व्यवस्थापन गर्नु पर्ने , स्वास्थ्य संस्थालाई भौतिक रुपमा सुरक्षित बनाउनुपर्ने, शिक्षक पोशाकमा अनिवार्य गर्नुपर्ने, विद्यालय क्षेत्रको सरसफाईमा ध्यान दिनुपर्ने, छात्रावृत्ति र विद्यार्थी खाजाको रकम समयमै निकासा गर्नुपर्ने लगाएतका सुझाव दिइएको छ ।
नागरिक समाज ःपारस्पारिक जवाफदेहिता परियोजना हुराडेक नेपाल दोलखासंगको सहयोकमा भएको कार्यक्रममा सहभागिहरुले अध्ययन प्रतिवेदनले औल्याएका कुराहरुलाई गम्भीरताका साथ अध्ययन गरी प्रभावकारी योजना बनाई कार्यान्वयन गर्न आग्रह गरेका थिए ।कार्यक्रममा नागरिक अगुवा, पत्रकारहरु लगायतको सहभागित रहेको थियो । मन्थली नगरपालिका सबै कुरामा व्यवस्थित बन्दै गएको नगरप्रमुख बस्नेतको दावि स् नागरिक समाजलाई कामको अनुगमन गरिदिन आग्रह
रामेछाप । माघ २२ गते,
रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिका अहिले सबै कुरामा व्यवस्थित बन्दै गएको दावि गरेका छन् । बुधबार मन्थलीमा आयोजित मानवअधिकार संरक्षण सञ्जाल रामेछापको स्वास्थ्य, शिक्षा र सुशासनको स्थलगत अध्ययन प्रतिवेदन सार्वजजनिक तथा हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले नगरपालिका भित्र केही प्राविधिक कुराहरुमा समस्या रहेपनि नगरपालिका सुधारको महत्वपुर्ण मार्गमा लगेको बताए । उनले नगरपालिका भित्र शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि लागि रहेको बताउँदै त्यसका सकारात्मक परिणाम आउन लागेको बताए । उनले नगरपालिकामा भएको कामको अनुगमन गरि सुझाव दिन नागरिक समाजलाई आग्रह गरे । यसको लागि नगरपालिकाले गर्नु पर्ने सबै सहयोग गर्ने पनि उनले बताए ।
सञ्जालको प्रतिवेदनमा आएका कुराको आधारमा नगरपालिकाले सुधारको लागि काम गर्ने उनले बताए । उनले आगामी शैक्षिक सत्रमा कम विद्यार्थी भएका १० वटा विद्यालयहरुलाई समायोजन गर्ने तयरी भैरहेको बताए ।
कार्यक्रममा मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख हेमन्त बुढाथोकीले शिक्षा क्षत्रको सुधारका लागि विद्यालय व्यवस्थापन समिति , प्रधानाध्यापक , स्थानीय जनप्रतिनिधि लगाएतका बिचमा भएको ४० बँुदे सम्झौता कार्यान्वयनमा कडाई गरिने बताए । उनले सञ्जालको प्रतिवेदनमा आएका कुरालाई सम्बोधन गर्ने गरी नगरपालिका भित्रका ६७ वटै विद्यालयहरुलाई एकैदिन छात्रवृत्ति प्रदान गर्ने तयारी भैरहेको उनले बताए । आगामि शैक्षिकसत्रबाट जेठ महिनामा छात्रावृत्ति वितरण गर्ने गरि काम गर्ने उनले जानकारी दिए ।
स्वास्थ्य शखा प्रमुख केशव फुयालले स्वास्थ्य संस्थाहरुवाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउनका लागि प्रभावकारी अनुगमन , प्रोत्साहान र कारवाही जस्ता कार्यहरु गरिरहेको बताए ।
मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमा मन्थली नगरपालिका वडा नं ८ चिसापानी र वडा नं ९ पुरानागाउँमा संचालित स्वास्थ्य संस्था र विद्यालयहरुको निगरानीमा आधारित अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
प्रतिवेदनले शिक्षा तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय पुगे नपुगेको अनुगमन गर्नुपर्ने, सेवाग्राहीको चापका आधारमा कर्मचारीको व्यवस्थापन गर्नुपर्ने, राज्यले निशुल्क रुपमा प्रदान गर्ने औषधीहरु कहिल्यै अभाव नहुने गरि व्यवस्थापन गर्नु पर्ने , स्वास्थ्य संस्थालाई भौतिक रुपमा सुरक्षित बनाउनुपर्ने, शिक्षक पोशाकमा अनिवार्य गर्नुपर्ने, विद्यालय क्षेत्रको सरसफाईमा ध्यान दिनुपर्ने, छात्रावृत्ति र विद्यार्थी खाजाको रकम समयमै निकासा गर्नुपर्ने लगाएतका सुझाव दिइएको छ ।
नागरिक समाज ःपारस्पारिक जवाफदेहिता परियोजना हुराडेक नेपाल दोलखासंगको सहयोकमा भएको कार्यक्रममा सहभागिहरुले अध्ययन प्रतिवेदनले औल्याएका कुराहरुलाई गम्भीरताका साथ अध्ययन गरी प्रभावकारी योजना बनाई कार्यान्वयन गर्न आग्रह गरेका थिए ।कार्यक्रममा नागरिक अगुवा, पत्रकारहरु लगायतको सहभागित रहेको थियो ।