सिन्धुली । तपस्वी रामबहादुर बमजनको आश्रममा प्रहरीले छापा मारेको छ । जिल्ला अदालत सर्लाहीले तपस्वी रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरीलाई बिहीबार अनुमति दिएपछि शुक्रबार बिहान ६ बजे आश्रममा पुगेको थियो । तपस्वी बमजनलाई आफनै आनी र अनुयायीलाई वेपत्ता पारेको आरोप लागेका लागेको छ । छापा मार्दा तपस्वि बम्जनलाई फेला पार्न नसकेपछि मक्वानपुर निवासी धर्मगुरु तोप्चन भन्ने ज्ञानबहादुर बम्जनलाई सोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही प्रहरीले पक्राउ गरी तपस्वि बम्जनलाई बुझाई दिनु भनेकोले पक्राउ गर्न लागेको प्रहरी उपरिक्षक रञ्जु सिग्देलले बताउनु भयो ।