ताजा समाचार

देवकोटा चोकमा डमी ट्रफिक : गति नियन्त्रण र दुर्घटना कम गर्न सहयोग पुग्ने

 नेपाल बाहक    २६ माघ २०७६, आईतवार १३:३८     532 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको देवकोटा चोकमा डमी ट्रफिक राखिएको छ । जिल्ला ट्रफिक कार्यलय रामेछापले सडक दुर्घटनालाई कम गर्न बिभिन्न कार्यक्रम गदै आएको छ । सडक शिक्षालाई प्रभाकारी बनाउन र संभाबित सडक दुर्घटनालाई कम गर्न डमी ट्रफिक बनाइ बजार क्षेत्रमा राखिएको हो ।
टाढा बाट हेर्दा चलकाले ट्रफिक प्रहरी जस्तो देखिने भएकाले गति नियन्त्रण र दुर्घटन कम गर्न सहयोग पुग्ने जिल्ल्ला ट्रफिक कार्यलय रामेछापका प्रमुख रामेश्वर पाण्डेले बताए । अहिले देवकोटा चोकमा मात्र राखिएको डमी ट्रफिक अन्य ठाउँमा पनि राखिने प्रमुख पाण्डेले बतए ।