ताजा समाचार


इजरायल जाने टोलीको विदाई

 नेपाल बाहक    २६ माघ २०७६, आईतवार १४:४६     256 जनाले पढ़िसके

रामेछाप । हेल्पिङ ह्याण्ड कोलिसन इजरायलको निमन्त्रणामा सैलुङ क्षेत्र सेवा समाजबाट इजरायल भ्रमण जाने टोलीको शनिवार एक कार्यक्रमका बीच विदाई गरिएको छ । समाजका उपाध्यक्ष पुष्कर प्रसाइँको अध्यक्षतामा भएको कार्यक्रममा भ्रमण टोलीलाई संघीय सरकारको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले खादा ओढाएर विदाई गरे । कार्यक्रममा बोल्दै बस्नेतले इजरायलबाट सिक्न सकिने धेरै कुरा भएकोले गहन अध्ययन गरेर आउन आग्रह गरे । समाजका अध्यक्ष एवं पूर्व मन्त्री कमलप्रसाद चौलागाँईले द्वन्द्व प्रभावित व्यक्तिहरूले कसरी आफूलाई व्यवस्थापन गरेर आर्थिक उन्नति गरे भन्ने कुरा मुख्य सिकाइ हुने बताए । टोलीमा सांसद, गाउँपालिका अध्यक्ष, राजनीतिक दलका नेता, द्वन्द्व प्रभावित र पत्रकार समेत गरी २५ जना सहभागी छन् ।