ताजा समाचार


शितलादेवी माबि रामेछापले हिरक महोत्सव मनाउदैँ

 नेपाल बाहक    १ फाल्गुन २०७६, बिहीबार ०५:३४     1958 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका २ सिरवारीमा रहेको सितलादेवी माबिले आफ्नो ६० औँ स्थापन तथा हिरक महोत्सव मनाउने भएको छ । शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्री गिरीराजमाणी पोखरेलको प्रमुख अतिथ्यतामा कार्यक्रम हुन लागेको हो । कायक्र्रम फागुन १८ देखि २४ गते सम्म विव्यस अध्यक्ष ज्ञान पुलामिले जानकारी दिनु भयो । हिरक महोत्सवमा पूर्वबिद्यार्थि मिलन,संस्कृतीक ,झाकि प्रर्दशन र खेदकुदका कार्यक्रमहरु हुने अध्यक्ष पुलामिले जानकारी दिनु भयो । बि.स २०१६ सालमा स्थापना भएको बिद्यालयमा अहिले बाल कक्षा देखि कक्षा १० सम्म अध्यापन हुदै आएको छ ।