सिन्धुली । युवतीले प्रेम प्रस्ताव अस्वीकार गरे पछि जिल्ला प्रहरी कार्यलय सिन्धुलीका एक प्रहरी जवानले आत्म हत्याको प्रयास गरेका छन् । सहकमिले प्रेम प्रस्ताव अस्वकार गर्दा जिल्ला प्रहरी कार्यल सिन्धुलीमा कार्यरत प्रहरी जवान २२ वर्षाका चन्द्रकिशोर रायले आत्म हत्याको प्रयास गरेको सिन्धुली प्रहरीले जनाएको छ । रायले डुटिमा रहेको बेला एक महिला प्रहरीको राइफल खोसि आफैलाई हानेको सिन्धुलीकि प्रहरी प्रमुख एसपि रन्जु सिग्देलले बताउनु भयो । घाइते भएका रायलाई थप उपचारको लागि काठमान्डौँ लागिएको छ ।