ताजा समाचार


रामेछाप महोत्सवको तयारी पुरा : मन्त्री ढुगेलले उद्घाटन गर्ने

 नेपाल बाहक    ५ फाल्गुन २०७६, सोमबार १२:५४     1005 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थली हुन लागेको दोस्रो रामेछाप महोत्सव २०७६ को तयारी पुरा भएको आयोजकले जनाएको छ । पर्यटन बर्ष २०२० लाई सफल बनाउन फागुन ६ गते देखि १५ गते सम्म रामेछाप महोत्सव हुन लागेको छ । महोत्सवको उद्घाटन बागमति प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश प्रसात ढुगेलको प्रमुख अतिथ्यतामा हुने आज मन्थलीमा पत्रकार सम्मेल गरी जानकारी गराईएको छ । कृषि, पर्यटन प्रबन्धन गर्ने हाम्रो अभियान । कला संस्कृति जगेर्ना रामेछापको पहिचान । भ्रमण बर्ष २०२० सफल पर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ भोलि बाट सुरु हुन लागेको छ । रामेछाप उद्योग बाणिज्य संघ मन्थली रामेछापको आयोजन, सामाजिक सशक्तिकरण नेपाल रामेछाप सह आयोजक र मन्थली नगरपालिकाको प्रमुख प्रयोजनमा महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।
पर्यटन बर्ष २०२० लाई सफल बनाउन आयोजन गरीएको महोत्सव मंगलबार बिहान ९ः३० बजे मन्थली मा.बि को प्रङ्खण बाट र्यालि सुरु भइ बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको प्रङ्खण कार्यक्रम सुरु हुने पत्रकार सम्मेलमा जानकारी गराईएको थियो । महोत्सवको लागि ७० वटा स्टल राखिएको रामेछाप उद्योग बाणिज्य संघका कार्यकारी अघिकृत नबिन घिमिरेले जानकारी दिनु भयो । घिमिरेका अनुसार महोत्सवमा औद्योगिक प्रर्दशनि, बाल उद्यान, राष्टिय तथा स्थानि कलाकार बाट संगितिक प्रस्तुति का साथै मन्थली शैलुङ हेलिकप्टर सवार, हल्दे बाट कुनौरी सम्म र्फिटङ गरिने छ भने उद्घाटनको दिन हेलिकप्टर बाट पुष्पबृष्टि गरीने छ । महोत्सवलाई सफल बनाउन सुरक्षामा कडाई गरीको छ । भने पर्किङ ब्यवस्थीत गरीएको बताइएको छ । महोत्सव बिहान १० बजे बाट रातको ८ बजे सम्म सन्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।