ताजा समाचार


तीनलाललाई चिनाउने गरी महोत्सव गर्नु पर्नेमा मन्त्री ढुगेलको जोड

 नेपाल बाहक    ६ फाल्गुन २०७६, मंगलवार १३:१५     616 जनाले पढ़िसके

रामेछाप । बाग्मति प्रदेशका आर्थिक मामिला मन्त्री कैलास ढुगेलले रामेछापलाई पर्यटन र कृषिको हिसाबले मात्रै नभै गंगलाल ,पुष्पलाल र कृष्णलाललाई पनि चिनाउँने गरी महोत्सवले काम गर्नुपर्ने बताउनु भएको छ । मंगलबार रामेछाप सदरमुकाम मन्थलीमा दोस्रो रामेछाप महोत्सवको उद्घाटन गर्दै मन्त्री ढंगेलले यस्तो बताउनु भएको हो । महोत्सव उद्घाटनमा बोल्दै मन्त्री ढुगेलले प्रमुख प्रतिपक्षकांग्रेसका नेताहरुले काम नपाएको समेत बताउनु भएको छ । मंगलबार रामेछाप सदरमुकाम मन्थलीमा दोस्रो रामेछाप महोत्सवको उद्घाटन गर्दै मन्त्री ढंगुलले कांग्रेस सभापति शेर बहादुर देउँवाले मन्थलीमा शवबहान तथा एम्बुलेन्सको साचो हस्तान्तरण गरेको कुरालाई लक्षित गरी नेताहरुले कामै नपाएको भए आफुहरुलाई भन्न आग्रह समेत अग्रह गनु भयो ।
.यो मुलुक सबैको भएकाले कर्मचारीहरुलाई गाली नगर्न पनि प्रमुख प्रतिपक्षदल कांग्रेसलाई चेतावनी दिनु भयो। कसैको आडमा बसेर केही मन्छे मै हुँ भन्दै बगबग गरी प्रशासनलाई समेत चेतावनी दिदै हिड्ने गरेको भन्ने आफुले सुनेको भन्दै उनले त्यस्तालाई नियम कानुनमा टेकेर तत्काल पक्राउँ गर्न प्रशासनलाई आग्रह समेत गर्नु भयो।
मन्त्री ढुंगेलले कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले दोस्रो रामेछाप महोत्सव जिल्लाको पहिचान भएकाले यसलाई सफल पार्न सबै लाग्नुपर्ने बताउनु भयो । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले महोत्सवलाई सफल बनाउँनका लागि मन्थली नगरपालिका लागि रहेको बताउनु भयो। उहाँले नगरपाकिलाले बेला बेला विभिन्न कार्यक्रमको आयोजना गरी जिल्लाका विभिन्न जानजातिका संस्कृति ,परम्परा र रितीरिवाजलाई प्रचार प्रसार गर्ने काम गरिरहेको समेत बताउनु भयो । जिल्लाको पर्यटन विसका गरी आर्थिक वृद्धिदर बढाउँन यस्ता कार्यक्रमले ठुलो भुमिका खेल्ने भएकाले यसलाई सफ बनाउँनका लागि मेरो भनेर लाग्न सबैलाई आग्रह गर्नु भयो । रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि गराइएको थियो । कृषि, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघ, मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तिकरण नेपाल सह–आयोजक रहेका छन् । महोत्सवमा रु ५० रपैयाको टिकेक काटेर अवलोकन गर्ने व्यवस्था गरिएकोमा विद्यार्थी , अपाङग र जेष्ठ नागरिकलाई ४० रुपैयाको टिकेट काटेर महोत्सवको अवलोकन गर्ने व्यवस्था गरिएको छ । फागुन १५ गते विहीबार सम्म चल्ने महोत्सवमा झण्डै ५० लाख खर्च हुने आयोजकको अनुमान छ ।