ताजा समाचार


रामेछापका जनप्रतिनिधिलाई इजरायको आर्थिक र सामाजिक गतिविधिको अध्ययनभ्रमण

 नेपाल बाहक    ७ फाल्गुन २०७६, बुधबार ११:४७     325 जनाले पढ़िसके

रामेछाप । हेप्लिङ् हैण्ड इजरायलको निमन्त्रणा र शैलुङ क्षेत्र सेवा समाजको आयोजनामा रामेछापका निर्वाचित जनप्रतिनिधि, राजननीतिक दलका नेताहरु, सामाजिक अभियान्ता, द्वद्व प्रभावित परिवार तथा पत्रकारहरुको ७ दिने इजरायल भ्रमण सम्पन्न भएको छ ।
होलोकाष्ट आन्दोलनमा परि विस्तापित भएर इजराय आई बसोबास गरेका यहुदीहरुले आर्थिक तथा सामाजिक क्षेत्रकमा गरेको उन्नतीको बारेमा जानकारी गराउन सो भ्रमणको आयोगना गरिएको शैलुङ सेवा समाजका अध्यक्ष एवं नकेपाका केन्द्रिय सहकारी विभावका सहसंयोजक कमलप्रसाद चौलागाईँले बताउनु भयो ।
चौलागाईँको नेतृत्मा गएको भ्रमण टोलीमा बागमती प्रदशकी साँसद हिमाली गोले, सुनापती गाउँपालिका अध्यक्ष धावा लामा, दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान, खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङ लगायतका जनप्रतिनिधिहरु, राजनीतिक दला नेता, नागरिक अगुवा, पत्रकार लगायतको सहभागित रहेको थियो ।
टोलीलाई इजरालयमा स्वागत गर्दै हेल्पिङ ह्याण्डका अध्यक्ष डाक्टर आन्देले विश्वको सबैभन्दा अग्लोस्थान गरमाथा र सबै भन्दा होचोस्थान इजरालको नागरिक स्तरको सम्बन्धले दुईदेशबिचको नागरिक सम्बन्ध उचो गराएको बताउनु भयो ।
नेपालबाट गएको टोलीलाई सामुदायीक रुपमा गरिउको फलफूल तथा तरकारी खेती, गाईपालन, उद्योग सञ्चालन लगयतको स्थलगत अध्यन गराइएको थियो । साथै इजरायलको स्थानीय सरकाले गरेको कामको बारेमा पनि जानकारी गराइएको थियो । स्थानीय सरकारले विकास बजेटको सबैभन्दा ठूलो लगानि शिक्षामा गरेको जानकारी गराइएको थियो ।