रामेछाप । फागुन ६ गते बाट सुरु भएको दोस्रो रामेछाप महोत्सव २०७६ को शुक्रवार सम्म ५६ सय भन्दा बाढि दर्शकले अवलोकन गरेका छन् । गत सोमबार बाग्मती प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश प्रसात ढुगेंलले उद्घाटन गर्नु भएको महोत्सवको बुधवार ९ सय, बिहिबार १४ सय र शुक्रवार ३३ सय भन्दा बढि दर्शकले अवलोकन गरे रामेछाप उद्योग बाणिज्य संघका सचिव सुरेश उदासले जानकारी दिनु भयो । सचिव उदासका अनुसार शुक्रबार मात्रै बेलुकाको ५ बजे सम्म ३३ सय दर्शकले अवलोकन गरेका थिए ।
महोत्सवको चौथो दिन शुत्रवार कार्यक्रममा लोक तथा दोहोरी गायक सरोज लामिछाने ,तिर्थ विरक्त पार्खीन र विनोद लामा लागाएतले दर्शकलाई आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन दिएका थिए । आन्तरिक र बाह्य पर्यटकलाई रामेछापमा भित्र्याउने, जिल्ला भित्रका विभिन्न जात जातीका झाँकी प्रदर्शन, कृषि उपज, साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन, पर्यटन प्रबद्र्धन गर्ने, शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन, हेलिकप्टरबाट मन्थली शैलुङ भ्रमण उडान, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग, रामेछापको वृतचित्र प्रद्धशनी, तामाकोसी नदिमा ¥याफ्टिङग सेवा, स्थानीय तथा राष्ट्रिय कलाकारबाट गायन नृत्यसहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन भैरहेका छन् । जिल्ला समन्वय समिति रामेछापको भवन पछाडी जारी मोहोत्सव फागुन १५ गते सम्म चल्ने छ । महोत्सवमा ४७ लाख २० हजार खर्च हुने आयोजकको अनुमान छ । कृषि, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवको रामेछाप उद्योग वाणिज्य संघ आयोजक, मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तिकरण नेपाल सह–आयोजक रहेका छन् ।