ताजा समाचार


रामेछापका ३ वटा गाउँपालिका र इजारयलको नगर बिच भगिनी सम्बन्ध स्थापनको प्रस्ताव

 नेपाल बाहक    ११ फाल्गुन २०७६, आईतवार १२:१८     768 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लाका ३ वटा गाउँपालिकाहरुले इजरायलको सफिर नगरसँग भगिनी सम्बन्ध स्थापनाको लागि प्रस्ताव गरेका छन् । इजरायल भ्रमणको क्रममा रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकाले सो नगरसँग भगिनी सम्बन्ध स्थापनाको प्रस्ताव गरेका हुन् ।
सो नगरका प्रमुख यिसा यावसँग उनको कार्यकक्षमा भएको भेटघाटमा गाउँपालिका अध्यक्षहरुले सम्बन्ध स्थापनको लागि आवश्यक कानुनी प्रक्रिया पुरा गरी औपचारिक प्रस्ताव गर्ने बताए । नगरप्रमुख यावले दुईदेशका पालिका बिचको आपसि अनुभव आदान प्रदान गर्न पाउँदा आपूmलाई खुसी लागेको बताए । उनले सफिर नगरले गरेको कामको बारेमा नेपालबाट गएका राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि तथा नागरिक अगुवाहरुलाई जाकारी गराएका थिए । सो पालिकाले विकास बजेको सबैभन्दा बढि ३९ प्रतिसत बजेट शिक्षामा खर्च गरेको उनले बताए । विज्ञान र शिक्षालाई जोडेर अघि बढ्दा आफ्नो नगरले प्रगति गरेको उनले बताए ।
नेपाली भ्रमण टोलीका नेता एवं नेकपाका केन्द्रिय सदस्य तथा सहकारी विभागका उपप्रमुख कमलप्रसाद चौलागाईँले दुई देशका पालिका बिचको सम्बन्ध स्थापना तथा सहयोग आदानप्रदानको लागि आवश्यक पहल थालिने बताए ।