ताजा समाचार


गाडीले ठक्कर दिदाँ सिन्धुलीमा एक जनाको ज्यान गयो

 नेपाल बाहक    १२ फाल्गुन २०७६, सोमबार ०५:०१     510 जनाले पढ़िसके

 

सिन्धुली । गाडीले ठक्कर दिदाँ सिन्धुलीमा एक जनाको ज्यान गएको छ । आज बिहान बिपी राजर्मागको सिन्धुली खुर्कोट खण्डको गाडीले ठक्कर बाट एक जनाको मृत्यु भएको छ भने ठक्कर दिने गाडी फरार भएको छ । गाडीको ठक्करबाट गोलन्जोर गाउँपालिका ७ खुर्कोट ५५ बर्षिय नन्दलाल श्रेष्ठको घटना स्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनभुयो ।
कुन गाडीले ठक्कर दियो र कति बेला ठक्कर दियो भन्ने कुरा खुल्न नसकेको र पारिवारिक स्रोत अनुसार श्रेष्ठ बिहान घर बाट खुर्कोट बजार तरकारी बेच्न जाँदै गर्दा ठक्क दिनसक्ने प्रहरीले आशंका गरेको छ । ठक्कर दिने गाडी र चालक फरार भएरको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।