ताजा समाचार


सुशासन प्रवन्धनको लागि प्रतिवद्ध भएर लाग्ने नगर प्रमुख बस्नेतको प्रतिवद्धता

 नेपाल बाहक    १४ फाल्गुन २०७६, बुधबार १०:३९     632 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिका नेपालको संविधान र राज्यको कानुनले गरको व्यवस्था अनुसार सुशान प्रवर्धनको लागि प्रतिवद्ध भएर लाग्ने बताएका छन् । सोही प्रतिवद्धता अनुसार पालिकाले सुशासन ऐन बनाएको उनले बताए ।
मन्थली नगरपालिकाको आयोजना तथा हुराडेक नेपाल दोलखको नागरिक समाजः पारस्पारिक जवाफदेहीता परियोजना र मानवअधिकार संरक्षण सञ्जालको सहकार्यमा आयोजना गरिएको सुशासनका औजारहरु र मन्थली नगरपालिकाको सुशासन ऐनको अभिमुखिकरण कार्यक्रमा बुधबार बोल्दै नगरप्रमुख बस्नेतले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै नगरप्रमुख बस्नेतले मन्थली नगरापलिकाले छौटौँ नगरसभाबाट सुशासन ऐन पास गरेको बताउँदै अब नीति र कार्य्विधिहरु बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने बताए ।
कार्यक्रममा मन्थली नगरपालिकाका कानुन अधिकृत सुदर्शन रायमाझीले मन्थली नगरपालिकाको सुशान सम्बन्धि ऐनले गरेको सारभुत व्यवस्थाको बारेमा जानकारी गराएका थिए ।
नगर कार्यपालिकाका पदाधिकारी, नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु, नागरिक अगुवा, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रममा हुराडेकका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले सुशासनका औजारहरुको बारेमा जानकारी गराएका थिए । उनले पालिकाको सुशासन ऐन बने पछि अब कार्य्विध बनाउँदा कुन औजारको प्रयोग कहाँ गर्ने भन्ने पनि स्पष्ट व्यवस्था गर्न अनुरोध गरे । कार्यक्रममा मनवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले मावनअधिकार सञ्जाल र यसले गर्ने अभियानको बारेमा जानकारी गराएका थिए ।