ताजा समाचार


दोलखामा पैरवि सुचकाङ्क विष्लेषण कार्यक्रम सुरु

 नेपाल बाहक    १५ फाल्गुन २०७६, बिहीबार १३:००     533 जनाले पढ़िसके



दोलखा । हुराडेक नेपाल दोलखाको पैरवि सुचकाङ्क विष्लेषण कार्यक्रम बिहिवारबाट चरिकोटमा सुरु भएको छ । सुशासन र पैरविका विभिन्न बिषयमा संस्थाले हालसम्म गरेका काम आगामि योजना बनाउन कार्यक्रम आयोजना गरिएको हो । संस्थाका अध्यक्ष उद्धव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा मित्र समाज नेपालका विग्यहरु गणेश लामा र गोबिन्द बस्नेतले सहजिकरण गरिरहेका छन् ।कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले आवसश्यकतामा आधारित वैरवी गर्न अग्रह गरे । रामेछाप, दोलखा र सिन्धुलीका अभियान्ताहरुको कार्यक्रममा सहभागिता रहेको छ । सहभागिलाई संस्थाको नागरिक समाजः पारस्पारिक जवाफदेहिता परियोजनाको परियोजना संयोजक शेरबहादुर भुजेलले स्वागत गरेका थिए ।