ताजा समाचार


रामेछापमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो

 नेपाल बाहक    १९ फाल्गुन २०७६, सोमबार १२:५६     706 जनाले पढ़िसके


रामेछाप । रामेछाप जिल्लामा सम्बन्ध बिच्छेद गर्नेको संख्या बषै पिच्छे बढ्दै गएको छ । जिल्ला अदालत रामेछापका श्रेतेदार राम चन्द्र मण्डलका अनुसार चालु आर्थिक बर्षको हाल सम्म सरि आएको सहित ७३ सम्बन्ध बिच्छेदको मुद्दा रहेकोमा ४१ मुद्दा पछौट भइ सकेको छ । रामेछाप अदालतको तथ्याङ अनुसार फागुन महिनाको १९ गते सम्म ४९ महिला र २४ पुरुषले सम्वन्ध बिच्छेदको लागि निबेदन दिएका छन् । जिल्ला अदालत रामेछापमा हाल ३२ सम्बन्ध बिच्छेद मुद्दा पछौट हुन बाकि छन् ।
श्रेतेदार मण्डलका अनुसार गत चालु आर्थिक बर्ष ०७५÷७६ मा सरि आएका सहित १ सय १८ सम्बन्ध विच्छेदका निबेदन परेकोमा ८४ मुद्दाको फैसला भएको थियो । सम्बन्ध बिच्छेतको मुद्दामा कतिपय अबस्थामा मिला पत्र समेत हुने गरेको मण्डलले बताउनुु भयो ।
किन बढ्यो सम्बन्ध विच्छेदको मुद्दा
वर्षेनी सम्बन्ध बिच्छेदका मुद्दाको संख्या बढ्दै गएको छ । सम्बन्ध बिच्छेदको लागि पुरुष पनि सिधै अदालत जान पाउने भए पछि सम्बन्ध बिच्छेतका मुद्दा बढ्ेका छन् । पछिल्ला समयमा सम्बन्ध विच्छेदका घटनामा दुई गुणाले बृद्धि भएको जिल्ला अदालत रामेछापको तथ्याङ्कले देखाएको छ । रामेछाप अदालतमा दर्ता हुने मुद्दामा सवैभन्दा बढी सम्बन्ध विच्छेदकै रहेका छन् । श्रीमान श्रीमती बीचको सम्बन्धमा फाटो आउनुमा कुनै एउटै कारण मात्र छैन । सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगार रहेको मुद्दामा संलग्न कानुन व्यवसायी बताउँछन् । पुरुष वैदेशिक रोजगारीका लागि विदेशिनु, महिला शहरमा एक्लै बस्नु र पैसाको दुरुपयोग गर्दा सम्बन्ध विच्छेदका घटनामा बृद्धि भइरहेको अधिवक्ता तथा मानव अधिकार कर्मि पाण्डव प्रसाई बताउनु हुन्छ । यसका साथै पछिल्लो समय सूचना प्रविधिमा सहज पहुँच, सामाजिक सञ्जालको दुरुपयोग जस्ता कारणले पनि सम्बन्ध विच्छेदको अवस्थामा र्पुयाउने गरेको छ ।
सम्बन्ध बिच्छेदको लागि २४ निबेदन पुरुषले दिए
कानुनले सम्बन्ध बिच्छेदको लागि महिला जस्तै पुरुषले पनि सिधै अदालत जान मिल्ने भए पछि सम्बन्ध बिच्छेदको मुद्दा बढेका छन् । जिल्ला अदालत रामेछापमा चालु आर्थिक बर्षमा मात्र २४ पुरुषले सम्बन्ध बिच्छेदको लागि निबेदन दिएको रामेछाप अदालतको तथ्थाङकले देखाउछ । यस तथ्याङकले परिवारीक समस्या हुदाँ महिल मात्रै हैन पुरुष पनि पिडित छन् भने देखाएको छ ।