रामेछाप । फागुन २१ गते,
रामेछाप बाट काठमाडौँको लागीको छुुुटेको बस काभ्रेको कोशीपारीमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । बा ४ ख ७१०२ नम्बरको बस काभ्रेको चौरी देउरालीमा साइड दिने क्रममा बस दुर्घटनामा परेको हो । घाइतेहरुमध्ये गम्भीर घाइते ६ जनालाई चौरी देउराली गाउँपालिकाको गाडीमा तथा अन्य लाई बसमा धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । घटना सम्बन्धी थप बिबरण आउँन बाकि छ ।