रामेछाप । फागुन २१ गते
रामेछापको मन्थली नगरपालिका वडा नं–११ को प्राथमिक स्वास्थ्य केन्द्र गेलुमा आयोजना गरिको सामुदायिक अंकपत्र कार्यक्रम बुधबार सम्पनन भएको छ । युएसएडको आर्थिक सहयोग र एफएचआई ३६० तथा हुराडेक नेपाल दोलखाको सहजिकरणमा कार्यक्रम भएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र गेलुको समन्वयमा भएको कार्यक्रममा स्वास्थ्य संस्थाले प्रवाह गरेको सेवा, त्यसको प्रभाकारीता र भावि योजना तथा जिम्मेवारीका विषयमा छलफल गरि अंंक प्रदान गरिएको थियो । कार्यक्रममा समुदाय र कर्मचारीले सेवाको प्रभकारीताको बारेमा अंक दिएका थिए । यसैगरी दुवै पक्ष बसि साझा अंक समेत प्रदान गरेर आगामी कार्ययोजना समेत बनाईएको छ ।
मन्थली नगरपालिका–११ का कार्यवाहाक वडाअध्यक्ष एवं प्राथमिक स्वास्थ्य केन्द्र गेलुका उपाध्यक्ष जीतबहादुर तामाङको अध्यक्षतामा भएको आमने सामने बैठक कार्यक्रममा साविकको गेलु गाविसका उपाध्यक्ष अर्जुन कुमार केसी, पुर्ववडाअध्यक्ष दीपकगम्भिरसिंह अधिकारी, शारदा मावि गेलुका सहायक प्रधानाध्यापक रविन्द्र बिक्रम खत्री, ज्ञानदान आधारभूत विद्यालय काउलेका प्रधानाध्यापक प्रदिप कुमार राईले समिक्षा मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले कार्यक्रमले स्वास्थ्य संस्थामा भएको स्रोत र त्यसको परिचालन तथा सेवा प्रवाहमा देखिएको समस्या पहिचान गरि सेवा सुधारको लागि योजना बनाएर अघि बढ्न सहयोग पुगेको बताए ।
कार्यक्रमको सहजिकरण हुराडेक नेपाल दोलखका जिल्ला कार्यक्रम संयाजक नवराज पथिक तथा नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष एवं कैलाश खत्रीले गरेका थिए । अंकपत्रको आधारमा रिपोर्ट तयार गरी सेवा सुधारका लागि सम्बन्धित निकायमा प्रतिवेदन बुझाउने अयोजकले जनाएको छ ।