ताजा समाचार


जेष्ठ नागरीक सम्बन्धी ऐन कागजमा मात्रै सिमित रहेको जेष्ठ नागरिकहरुको गुनासो

 नेपाल बाहक    २१ फाल्गुन २०७६, बुधबार १२:२१     365 जनाले पढ़िसके

रामेछाप । रामेछापका जेष्ठ नागरिकले जेष्ठ नागरीक सम्बन्धी ऐन कागजमा मात्रै सिमित भएको गुनासो गरेका छन् । मन्थली नगरपालिकाले मन्थलीमा गरेको जेष्ठ नागरीक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले सो गुनासो गरेका हुन् ।
उनीहरुले जेष्ठ नागरीकको लागि आएको बजेट अन्य ठाउँमा खर्च गरिने गरेको गुनासो गरे । कार्यक्रममा बोल्दै जिल्ला जेष्ठ नागरीक संघ रामेछापका अध्यक्ष नारायण दास श्रेष्ठले जिल्लामा करीब २८ हजार ५ सय भन्दा बढि जेष्ठ नागरीक रहेकोमा झण्डै ५ हजार ८ सय १३ जना भन्दा बढि मन्थली नगरपालिका भित्र रहेको बताए ।
श्रेष्ठले सार्वजनिक यातयातको आरक्षण सिटमा अरु नै बसि दिने गरेको गुनासो गरे । सरकारले सबारीमा दिने भनेको ५० प्रतिशत भाडा छुट समेत आफुहरुले नपाएको उनीहरुको गुनासो थियो । औषधि उपचारमा दिएको छुट समेत भौगोलिक कारण सबै ठाउँमा प्रर्याप्त औषधि नहुँदा सेवा लिन कठिन भएको उनीहरुले बताए ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले जेष्ठ नागरिकका गुनासो सम्बोधन गर्न नगरपालिकाले प्रयत्न गर्ने बताए । उनले सिमित साधन र श्रोतका कारण सोचेजस्तो काम गर्न नसकेको भए पनि अब क्रमश समस्या सम्बोधन गर्दै जाने बताए ।
कार्यक्रममा मन्थली नगरपालिकाका १४ वटै वडाका जेष्ठ नागरीक, मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्की, प्रमुख प्रशासकिय अधिकृत दिपक कोइरला, मन्थली नगर कार्यपालिकाका सदस्या, जिल्ला प्रहरी कार्यलयका प्रतिनिधि, ट्रफिक कार्यलयमा प्रतिनिध, रामेछाप बारका अध्यक्ष बिचार सिह दोङ, पत्रकार लगयतको उपस्थीति रहेको थियो ।