रामेछाप । रामेछाप जिल्लामा दुई चरणमा दादुरा–रुबेला खोपको अभियान सन्चालन गरीने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जारी गरीको सुचना अनुसार २०७६ चैत २ देखि १० गते सम्म पहिलो चरण र २० गते बाट २८ गते सम्म गरी अभियान सन्चालन गरिने भएका हो ।
यस अभियानमा ९ महिना देखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई दादुरा र रुबेला रोग विरुद्घको खोप लगाईन्छ । त्यसैले आ–आफ्ना बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा लगेर नछुटाई दादुरा रुबेला खोप लगाउनु स्वास्थ्य कार्यलय रामेछाले अनुरोध गरेको छ ।
कार्यलयका अनुसार पहिलो चरणमा दोरम्बा, लिखु–तामाकोसी, उमाकुण्ड गाउँपालिका र रामेछाप, मन्थली नगरपालिका खोप लगाइने छ भने दोस्रो चरणमा गोकुलगंगा, सुनापति, खाडाँदेवी गाउँपालिका खोप लगाइने छ ।