ताजा समाचार


खाडादेबि गाउँपालिकामा जिल्ला स्तरीय अनुगमन

 नेपाल बाहक    २२ फाल्गुन २०७६, बिहीबार १३:०९     587 जनाले पढ़िसके

रामेछाप । खाडादेबि गाउँपालिकाले अघिल्लो अर्थिक बर्ष र चालु आर्थिक बर्षको ६ सन्चालन बिकास निमार्णको कामको आज बाट जिल्ला स्तरीय अनुगन सुरु भएको छ । गाउँपालिका, केन्द्र सरकार र प्रदेश सरकारले बिनियोजन गरेको बजेट र सो बजेट बाट भएका पूर्वधार निमार्ण सडक, कृषि खेल मैदान लगाएत क्षेत्रको अनुगमन गरी जिल्ला स्तरीय टोलि बाट सुझाव समेत संकलन गरीने खाडाँदेबि गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तमाङले बताउनु भयो ।
३ दिन सम्म हुने अनुगमनको पहिले दिन आज वडा नं १ र ७ मा पूर्वधार निमार्ण, कृषि, पशुपालन, चिया खेति लगाएतका ठाउँमा अनुगमन े गरीएको थियो । टोलिमा नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ, नेपालि काग्रेस रामेछापका कोषअध्यक्ष कुमार श्रेष्ठ, गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तमाङ, उपाअध्यक्ष मखमलि श्रेष्ठ,प्रमुख प्रशासिकय अधिकृत महाप्रसात दंगाल, निर्बाचित जनप्रतिनिधि, राजनैतिक दलका नेता र पत्रकारको सहभागित रहेको थियो ।
टोलिले गाउँपालिकाका सबै प्रमुख योजनाको अनुगमन गरी सुझाव दिने र सोहि सुझाव अनुसार आगमि दिनमा अघि बढ्ने आयोजकले जनाएको छ ।