ताजा समाचार


कोरोना भाइरस संग सतर्क रहन रामेछापका अस्पतालमा आइसोलेसन वार्ड

 नेपाल बाहक    २३ फाल्गुन २०७६, शुक्रबार १३:२३     910 जनाले पढ़िसके


रामेछाप । बिश्वभर कोरोना भाइरसको जोखि बढ्दै गएका पछि रामेछाप जिल्लाका अस्पतालहरुमा आइसोलेसन वार्ड राखिने भएको छ । शक्रवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले तामाकोसि अस्पताल, रामेछाप सामुदायिक अस्पताल र मन्थली प्रथामिक चौकि वार्ड तथा एम्बुलेन्स राखिन लागिएको भएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्र देबि शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सन्चालित सन्चार माध्यम बाट कोरोनाबाट बच्ने उपाएका बारेमा सुचना प्रसारण गरी भएको छ । मास्क तथा स्वास्थ्य सामाग्री सहज रुपमा बिक्रि बितरण गर्ने । कृतम आभव गराइ बजार मुल्य भन्दा बढिमा बेचेको थाहा हुन आएमा कारबाहि गर्ने निर्णय भएको छ । हाललाई जोखिमको खतरालाई मध्य गरी जिल्लाका कुनै स्वास्थ्य कर्मिलाई तत्कालको लागि बिदामा नछाड्ने समेत बैठकले निणय गरेको छ । सबै बिद्यालयहरुमा कोरोना भाइरस बाट बच्ने उपाएका बारेमा सचेतना कार्यक्रम समेत बैठकले निणय गरेका छ ।