नवराज पथिक
२५ फागुन, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–७ को स्वास्थ्य चौकी खाँडादेवीमा अहिले १ जना अहेव र २ जना कराका अनमीहरुले स्वास्थ्य सेवा प्रवाह गरि रहेका छन् । सो स्वास्थ्य संस्थाका हेल्थ असिस्टेन्टको दरबन्दि रिक्त रहेको छ । एकजना अहेवको दरवन्दि पनि खालि छ । दरवन्दिका दुवैजना अनिमि छैनन् । स्वास्थ्य संस्थामा आधा भन्दाबढी स्वास्थ्यकर्मीको दरवन्दि रिक्त छ ।
खाँडादेवी गाउँपालिकाले स्वास्थ्य संस्थाहरुको भौतिक संरचनामा उल्लेख्य सुधार गरेको छ । पालिका अन्तर्गतका सबै वडाका स्वास्थ्य संस्थाहरु सुविधा सम्पन्न बन्दै गएका छन् । तर स्वास्थ्यकर्मीको अभावको कारण स्वास्थ्य सेवा प्रवाहमा भने समस्या देखिएको छ ।
सो गाउँपालिकामा कुल ८ वटा स्वास्थ्य चौकी, ४ वटा सामुदायीक स्वास्थ्य इकाई र एक आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभवाकारी बनाउन भौतिकपूर्वाधारमा सुधार, स्वास्थ्य संस्थाको व्यवस्थापन तथा उपकरण र औषधिमा लगानी गरेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ बताउँछन् ।
गाउँपालिका तथा वडाकार्यालयहरुले स्वास्थ्य चौकी खाँडादेवी, स्वास्थ्य चौकी राकाथुम लगायतका स्वास्थ्य संस्थालाई व्यवस्थपनको हिसावले नमुना बनाएका छन् । तर ती स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा भने नागरिकले राम्रो स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
राकाथुमको अवस्था पनि त्यस्तै छ । सो स्वास्थ्य संस्थामा पनि एचएको दरवन्दि खाली छ । एक जना अहेव र २ जना अनिमिले स्वास्थ्य संस्था सञ्चालन गरि रहेका छन् । दर्वन्दि अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा निक्कै समस्या भएको स्वास्थ्य चौकीका अहेव पुरण साह बताउँछन् ।
स्वास्थ्य संस्थालाई भौतिक पुर्वाधारका हिसावले सम्पन्न बनाए पनि कर्मचारी नहुँदा भने समस्या भएको खाँडादेवी–१ का वडाअध्यक्ष विष्णुकुमार श्रेष्ठ बताउँछन् ।
सो गाउँपालिका भरिकै स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीहरुको अभाव छ । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश श्रेष्ठका अनुसार सो गाउँपाकिमा कुल ८ जना हेल्थ असिस्टेन्ट हुनु पनुपर्नेमा ५ जनाको दर्वन्दि खालि छ । त्यस्तै १६ जना अहेवमा ३ जनाको दर्वन्दि खालि छ । १७ जना अनमिमा ९ खालि छन् । अझै ३ जना अनमिहरु समायोजनभई अन्यत्र जान लागेको छन् । समायोजन भएर कर्मचारी बाहिर जाँदा सेवा सञ्चालनमा कठिनाई भएको श्रेष्ठले बताए