ताजा समाचार


सितलादेवी माविको हिरक महोत्सव सम्पन्न

 नेपाल बाहक    २५ फाल्गुन २०७६, आईतवार १३:०४     778 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका – २ सिरुवारीमा रहेको सितलादेवी माविले शनिवार आफ्नो स्थापनको ६० औँ स्थापना दिवस तथा हीरक महोत्सव मनाएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्ञान पुलामी मगरको अध्यक्षता तथा संघिय संसद श्यामकुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले विद्यालयले ६० वर्ष लामो इतिहाँस स्थापन गर्न सफल भएको भन्दै खुसी प्रकट गरे । उनले शिक्षाको गुणस्तर सुधार गर्न सामुदायीक विद्यालयहरुले अझै धेरै मेहनेत गर्नु पर्ने बताए ।
कार्यक्रममा नेकपा रामेछापका इन्चार्ज तथा पूर्व संसद देव शंकर पौडेल, संविधान सभा सदस्या तारा नारायण श्रेष्ठ, बागमति प्रदेशका सांसद शान्ति प्रसादपौडेल रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर मगर र रामेछाप नगरपालिका वडा न. २ का वडा अध्यक्ष निर कुमार श्रेष्ठले लगायतले विद्यालयको प्रगति र शैक्षिक क्षेत्रमा सुधारको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयको संस्थापक व्यवस्थापन समितिका पदाधिकारी, संस्थापक प्रध्यानध्यपक लगायतलाई सम्मान गरिएको थियो । महोत्सवमा बिभिन्न बिधामा उत्कृष्ट विद्यार्थी, पुर्वविद्यार्थी तथा चन्दा दातालाई पनि सम्मानित गरिएको थियो ।