ताजा समाचार


महिला अधिकार उल्लङ्घनका घटना बढ्दै : इन्सेक

 नेपाल बाहक    २५ फाल्गुन २०७६, आईतवार १३:२३     310 जनाले पढ़िसके

रामेछाप । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले महिला अधिकार उल्लङ्घनका घटना बढ्दै गएकोमा चिन्ता व्यत्तग गरेको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारि शनिबार इन्सेकको बागमती प्रदेश कार्यालयले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
इन्सेकका प्रदेश संयोजक कृष्णगौतमद्वारा जारी विज्ञप्तिमा इन्सेकले २०१९ मा संकलन गरेको घटनाहरु नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मार्फत सार्वजनिक गरेको अभिलेख अनुसार बागमती प्रदेशमा सन् २०१९ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ हजार ४ सय ९४ जना पीडित भएकोमा १ हजार १ सय ८४ जना महिलाहरु पीडित भएको उल्लेख छ ।
जसमध्ये राज्यपक्षबाट १४ जना महिला र अन्य पक्षबाट १ हजार १ एक ७० जना महिला पीडित भएका विज्ञप्तिामा उल्लेख छ । सन् २०१९ मा ८ सय १४ जना महिला पीडित भएकोमा महिला अधिकारको घटनाबाट ७ सय ४७ जना र बालअधिकार उल्लङ्घनका घटनामा ३ सय ७० जना बालिकाहरु पीडित भएका पनि जानाइएको छ ।
प्रदेशको १३ जिल्लामा बलात्कारका ३ सय ८६ वटा घटना अभिलेखमा २ सय ५३ जना बालिका र १ सय ३३ जना महिला पीडित भएका विज्ञप्तिमा जनाइएको छ ।
विश्व परिवेशमा एक शताब्दी भन्दा बढी समयदेखि मनाईँदै आएको नारी दिवस नेपालमा मनाउन थालेको पनि तीन दशक भइ सकेको स्मरण विज्ञप्तिमा गराइएको छ । यद्यपि महिला समानताको लागि भएको प्रयासहरुको तुलनामा उपलब्धी सन्तोषजन हुन नसकेको इन्सेकको ठहर छ ।
यस अबधिमा समावेशी सिद्धान्तमा महिला सहभागीता बढाउनु बाहेक पुरुष समान अधिकार र उत्तरदायित्व बहन गर्न महिलालाई सक्षम बनाउन नसकिएको इन्सेकको निश्कर्ष छ । पुरुष सत्तात्मक राज्य शक्ति शासित परिवारमा अझै पनि महिलाले छाउपडि, झुमा, वादी, देउकीका नाममा तल्लो स्तरको जीवन यापन गर्न बाध्य हुनु परेको गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानले दिएको अधिकारको पूर्ण प्रत्याभूति सहित “समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता” भन्ने यस वर्षको नारा सार्थक पार्न सबैलाई लागि पर्न इन्सेकले आह्वान गरेको छ ।