ताजा समाचार


सिन्धुलीमा करेन्ट लागेर एकको मृत्यु

 नेपाल बाहक    १ चैत्र २०७६, शनिबार ०४:३१     246 जनाले पढ़िसके

सिन्धुली । सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार बिहान २ बजेति बत्ती बाल्ने क्रममा करेन्ट लागेर कमलामाई नगरपालिका–७ सिम्लेका माईतीमाया भोलनको ज्यान गएको छ भने अरु तीन जना घाइते भएका सिन्धुली प्रहरीले जनाएको छ ।
हावाहुरी चलेका कारण बिजुली शर्ट भएर करेण्ट लागेको हुनसक्ने प्रहरीको अनुमान छ । करेण्ट लागेर घाइते भएकी भोलनलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । भोलनलाई करेण्ट लागेपछि उहाँका परिवारले हारगुहार गरेका र सहयोग गर्न जानका लागि आफ्नै घरमा बत्ती बाल्दा अरु तीन जना छिमेकी घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा देवकुमारी घिसिङ, पदमबहादुर वाइबा र ज्ञानबहादुर थिङ रहेका छन् ।