रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको एउटा वडामा ३ वर्षको बिचमा ३७ वटा सडकहरु निर्माण भएका छन् । सो गाउँपालिकाको वडा नं ६ माकादुममा सो अविधिमा १३ वटा खानेपानीका ट्याङ्की पनि निर्माण भएको छन् ।
वडाअध्यक्ष पुष्कर कार्कीका अनुसार २०७२ सालमा गएको विनासकारी भूकम्प पछि सबै वस्तीका घरहरु पुननिर्माण गर्नु पर्ने अवस्था आयो । घरहरु निर्माणको लागि निर्माण सामाग्रि पुर्याउन स्थानीयको सडक निर्माणमा अधिक माग आएकोले ती सडकहरु निर्माण गरिएका हुन् । सो वडाले हरेक घरमा सडक पुर्याउने नीति लिएको कारण पनि त्यति ठूलो परिमाणमा सडक निर्माण भएको कार्कीले बताए ।
यसरी निर्माण गरिएका मध्ये ५ वटा सडकहरु अहिले सञ्चालनमा नरहेको भए पनि अन्य सबै सडक सञ्चालनमा रहेका उनले बताए । सो वडामा अब डोजर लगाएर नयाँ सडक खन्ने काम बन्द गरिएको पनि उनले जानकारी दिए ।
सो वडामा ३ वर्षको बिचमा १३ वटा खानेपानीका ट्याङ्की समेत निर्माण भएका छन् । एक टोल एक धारा पुर्याउने उद्देश्यले ती ट्याङ्कीहरु निर्माण भएका हुन् । ट्याङ्की निर्माणको काम सकिएकाले खानेपानी वितरणलाइनको काम सुरु गरिने पनि उनले बताए ।
यसै गरी सो वडामा ३ वर्षमा ६ वटा सिंचाई पोखरी, घरघमार विद्युतिकरण, प्राविधिक शिक्षा, हाट बजार व्यवस्थापन लगायतका काम पनि भएका उनले बताए ।
पछिल्लो समयमा विकासका काममा स्थानीयहरुको सहभागिता र श्रम नजुट्नु भने चुनौतिको रुपमा देखापरेको उनले बताए । उपभोक्ता समितिमा बस्दा फाइद हुन्छ कि हूँदैन भनेर सोच्ने प्रवृत्तिले विकासका काम सञ्चालनमा निक्कै समस्या देखिएको उनले बताए ।