रामेछाप । रामेछाप अस्पतालमा आईसुलेसन वार्डको स्थापना गरीएको छ । छिमेकि राष्ट चिनबाट फैलिएको कोरोना भाइरसको संभाबित खतरालाई लक्षित गदैँ आईसुलेसन वार्ड राखिएको रामेछाप अस्पतालका सुचना अधिकारी दिपेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । जिल्लामा कोरोना संक्रमित नभए पनि सतर्कताको लागि २ वटा वेड सहितको आईसुलेसन वार्ड स्थापना गरीको हो । रामेछाप अस्पताल बाहेक जिल्लाका तामाकोसि अस्पताल र रामेछाप सामुदायिक अस्पतालले पनि आईसुलेसन वार्ड स्थापना गरेका छन् ।
कोरोना भाईरसको बारेमा जिल्ला प्रशाासन, जिल्ला अस्पताल र स्थानीय तहहरु बीचमा भएको सर्बपक्षिय बैठक गरी आइसोलेसन कक्ष व्यवस्था गर्न प्रशासनले निर्देशन गरेपछि जिल्ला अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्नका लागी भिडभाडमा नजाने, माक्सको प्रयोग गर्ने,तातो चिज खाने र केहि लक्षणहरु देखा पर्नासाथ चिकित्सकको सुझाव लिन अस्पतालले आग्रह गरेको छ ।