ताजा समाचार


मन्थलि आसपास रहेका सामुदायिक बनमा बनमाराको प्रकोप तिब्र

 नेपाल बाहक    ५ चैत्र २०७६, बुधबार ०४:३१     633 जनाले पढ़िसके

दक्षिण अफ्रिकाको जङ्गलमा पाइने सेतो बनमारा (Chromolaena odorata) र लेन्टेना क्यामेरा ( Lantana camara ) नाम गरेका मिचाह प्रजाझार भारतको बाटो हुँदै नेपाल भित्रिएका हुन् । भारतको आसाम हुँदै केही वर्ष पहिले पुर्वका जङ्गलमा देखिएको माइकेनिया झार हाल देशै भरिका जङ्गहरुमा फैलिएको छ । रामेछापको मन्थलि नगरपालिकाका खोक, भ्यगसरे पडेरि, गडवारि, ढाडको कान्लो, ¥याउलि घारि, सानिमदै, सामुदायिक बनमा पुरै बनमारम फैलियको जस्ले गर्दा कतिपय रैथाने वनस्पतिसमेत लोप हुने अवस्थामा पुगेका छन् । झार फैलदै झाँगिदै जाने र घाँसे मैदान, सिमसार क्षेत्र, नदी किनार ढाक्ने भएकाले साना बोटहरू मर्दै जाने र जमिनमा झार झेलिँदा बोटबिरुवाहरू समेत सुक्ने गरेका छन् ।

स्थानिय बासिका अनुसार करिव १५ बर्षअघि सघनरुपमा देखा परेको वनमारा रामेछापको सुख्का बन क्षेत्रकम फैलिसकेकोले ठुला रुखहरु मासिदै गएपछि बनमाराले त्यस्ता क्षेत्र ढाक्दै जाने र नयाँ बिरुवाहरु हुर्कन नसक्ने अवस्था आउने हुन्छ । जस अनुसार ठुला रुखहरुका कारण घाम नछिर्ने स्थानमा वनमाराको प्रसार कम हुन्छ भने ठुला रुख मासिएर जमिनसम्म सहजै घाम छिर्ने स्थानमा छिटो फैलने गर्दछ ।
अन्तत यसको प्रभावलाई कम गरी वन्यजन्तु, वनस्पति माथिको प्रभाव पनि कम हुने निति गत व्यवस्था गरि स्थानिय निकाय, जिल्ला वन आगामि बर्षहरुमा बनमाराको प्रकोप रोक्न किसिमका कदम नचाले भएका बनहरु पनि बिस्तारै बनमाराको बनमा परिवर्तन नहोला भन्न सकिन्छ । सम्बधित पक्षको बेलैमा ध्यान जान जरुरत देखिन्छ ।

माधब ढकाल
वतावरण संयोजक
वतावरण संरक्षण परियोजना