रामेछाप । जिल्ला प्रशासन कार्यलय रामेछापले जिल्लामा स्थीत सरकारी कार्यलयमा छड्के अनुगमन तथा निरीक्षण गरेको छ । सोमबार रामेछाप प्रशासनलले घरेलु तथा साना उद्योग कार्यलय,शिक्षा बिकास तथा समन्वय इकाई,नेपाल टेलिकम, रामेछाप नगरपालिका,डिभिजन वन कार्यलय र स्वास्थ्य कार्यललय रामेछापमा अनुगमन गरीएको हो ।
अनुगमनका क्रममा २६ जना कर्मचारी अनुपस्थीत,११ जना कर्मचारीले अफिस पोषक नलगाएको र १० जनाले परीचय पत्र नगलाएको पाइएको छ । उनिहरुलाई स्पष्टिकरण सोधिने र चित्त बुझ्ने जवाफ नपाए नियम अनुसार कार्वाहि गरिने रामेछाप प्रशासन जानकारी गराएको छ ।