ताजा समाचार


प्रथामिक स्वास्थ्य केन्द्र गेलुको नागरिक अंकपत्र प्रतिवेदन सार्वजनिक

 नेपाल बाहक    ६ चैत्र २०७६, बिहीबार १४:३९     519 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ११ मा रहेको गेलु प्राथमिक स्वास्थ्य केन्द्रको नागरिक अंकपत्र प्रतिवेदन सार्वजनिक गरिएको छ । विहिबार सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी मानव अधिकार संरक्षण सञ्जालले नागरिक अंकपत्र प्रतिवेदन सार्वजनिक गरेको हो । सञ्जालका संयोजक अधिवक्ता पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा स्वास्थ्य केन्द्रमा राज्यले निशुल्क प्रदान गर्ने औषधी अभाव रहेको र कर्मचारीहरु नियमित नहँुदा नागरिकको स्वास्थ्य उपचारमा समस्या भएको उल्लेख गरिएको छ ।
नागरिक समाज ः पारस्परिक जवाफदेहिता परियोजना हुराडेग दोलखाको सहयोगमा मानव अधिकार संरक्षण सञ्जालले तयार पारको नागरिक अंकपत्र प्रतिवेदनमा स्वास्थ्य केन्द्रमा सरकारले निशुल्क गरेको ५८ प्रकारका औषधी हुनुपर्नेमा ३५ प्रकारका औषधीमात्रै रहेको उल्लेख गरिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दे मानवअधिकार संरक्षण सञ्जालका सदस्य एवं पत्रकार नवराज पथिकले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको एक डाक्टर र एक हेल्थ असिष्टेन एच।ए नियमित कार्यालयमा नबस्ने र आवश्यक औषधी र उपकरणको कमिले वडामा संचालित गाउँघर क्लीनिक र शहरी स्वास्थ्य केन्द्रले प्रभावकारी सेवा प्रवाहा गर्न नसकेको बताए ।
उनले गेलु प्राथमिक स्वास्थ्य केन्द्रको नागकिर अंकपत्र तयार गर्ने क्रममा सेवाग्रही र कर्मचारीहरुबाट आएको सुझावलाई समेटेर स्वास्थ्य सेवा प्रवाहालाई प्रभावकारी बनाउने काम गर्ने निमत्त वडाअध्यक्ष जितबहादुर तामाङले प्रतिवद्धता जनाएको पनि बताए । कार्यक्रममा अहिले विश्वका १ सय ६५ देशमा फैलिसकेको कोरोना भाइरसका बारेमा पनि छलफल गरिएको छ ।
तामाकोशी अस्पतालका स्वास्थ्यकर्मी एवं सञ्जालका सदस्य लक्ष्मी थापाले कोरोना भाइरस के हो रु यसको लक्षण र यसबाट बच्ने उपाएका बारेमा सहभागिहरुलाई जानकारी गराएकी थिइन् । कार्यक्रममा सहभागिहरुले रामेछापका स्थानीय सरकारहरु कोरोना भाइरस सतर्कतामा बेखबर रहेको गुनासो गरेका छन् । उनीहरुले यो भाइरस संक्रमणको जोखिमतालाई मध्यनजर गरी आवश्यक स्वास्थ्य कर्मी र यन्त्र उपकरण र आवश्यक आइसोलेसन वार्ड बनाउँन स्थानीय सरकार गम्भीर भएर लाग्न्ुपर्नेमा जोड दिए ।