ताजा समाचार

ट्राफिक प्रहरी कार्यलय रामेछाप द्वारा हात धुने र माक्स वितरण अभियान सुरु

 नेपाल बाहक    ७ चैत्र २०७६, शुक्रबार ०९:५१     897 जनाले पढ़िसके

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापले साबुन पानीले हात धुने र माक्स वितरण अभियान सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमतालाई ध्यानमा राखेर ट्राफिक प्रहरीले यो अभियान सुरु गरेको हो । विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण सतर्कताका लागि जिल्ला ट्राफिक प्रहरी रामेछापले सदरमुकाम मन्थली बजार क्षत्रमा शुक्रवारबाट हातधुने तथा माक्स वितरण अभियान सुरु गरेको हो । रामेछाप , दोलखा, सिन्धुली र ओखलढंगाको विभिन्न स्थानमा पुग्ने सवारी साधन तथा ढुवानी साधनहरु रामेछाप सदरमुकाम मन्थली हुदै गुड्ने गर्दछ । यात्रु तथा चालक र पैदल यात्रुहरुलाई लक्षित गरी साबुन पानीले हात धुऔँ कोरोनाको संक्रमणबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने उद्देश्यले साबुन पानीले हात धुने तथा माक्स वितरण अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोछापका प्रमुख प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले बताए । उनले राजधानी काठमाडौं, विरगन्ज लगाएत विभिन्न स्थानहरुबाट आउँने यात्रु तथा चालकहरु र पैदल यात्रीहरुलाई साबुन पानीले हात धुने र कोरो भाइरसका बारे थप सतर्क रहन सचेत गराइने बताए । मन्थली बजार क्षेत्रका देवकोटाचोक , बसपार्कको ट्राफिक बिट र जिल्ला प्रहरी कार्यालय अगाडी साबुन पानीले हात धुने व्यवस्था गरिएको उनको भनाई छ । स्थानीय सरकारले समेत कोरोना भाइरस संक्रमणको जोखिमता बाट बच्न देखिने कार्यक्रम संचालन गर्न नसकेको अवस्थामा ट्राफिकले प्रहरीको साबुन पानीले हातधुने तथा बाक्स वितरण गर्ने र सचेत गर्ने अभियान चालएपछि यात्रु तथा चालकहरु खुशी भएका छन् । रामेछाप लगाएत छिमेकी जिल्लाहरु जान मन्थली हुदै दैनीक ५ सय देखी ६ सयका हाराहारिमा सवारी तथा ढुवानीका साथनहरु ग्ड्ने गर्दछ । मन्थली हुदै गुड्ने सवारी तथा ढुवानीका साधनमा विभिन्न स्थानबाट आउँने यात्र तथा चालकहरुलाई कोरोना भाइरस संक्रमणको जोखिमता बारे सतर्कत बनाउँन ट्राफिक प्रहरीको साबुन पानीले हात धुने र माक्स वितरण अभियान निकै महत्वपुर्ण र प्रशुंनिय रहेको सर्वसाधारणहरुले पतिक्रिया दिएका छन् ।