रामेछाप । खाडाँदेबि गाउँपालिकाको राकाथुमका सडकको स्तरोउन्ती गरीने भएको छ । चपाडी(खोलाघारी(द्वारेटोल(धारापानी(खानीगाउँ(दलिनखोला सडकको स्तरउन्नतीको काम सुरु भएको छ ।
खाँडादेवी गाउँपालिकाको ३० लाख रुपैयाँको लगानीमा पहिलो चरणमा सो सडकको नाला निर्माण, ग्याभिन र बाटो स्तरीकरणको काम सुरु भएको सडक उभोक्ता समितिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । मंसिर १८ गतेबाट काम सुरु भएको सो आयोजना चैत मसान्त भित्र सक्ने लक्ष लिइएको छ । यस वर्ष ८ सय मिटर पक्कि नाला निर्माणको काम गरिने छ । त्यसैगरी ६० वटा ग्याभिन जालिहरु भरिने छ भने सडकको चौडा बढाईने पनि उनले बताए ।
सो सडक राकाथुमबाट गाउँपालिका र काठमाडौँ आउजाउ गर्ने वैकल्पिक सडक हुने स्थानीय सुदिप श्रेष्ठ बताउँछन् । सो सडकले राकाथुमको शिरदेखि पुछारसम्मको बस्ति समेट्ने उनको भनाई छ । सो सडकको लागि नियमित बजेट विनियोजन गरी पुरै सडकमा नालि र ग्राभेलसम्मको व्यवस्था गर्नु पर्ने उनको भनाई छ ।
खाँडादेवी(१ का वडाअध्यक्ष विष्णुकुमार श्रेष्ठ सो सडकलाई क्रमागत योजनामा राखि नाला निर्माण, सडक विस्तार र ग्राभेलसम्मको काम गरिने बताउँछन् ।