चैत ११ रामेछाप ।
जिल्ला प्रशासन कार्यलय रामेछापले आज बाट लाग्ने गरी निशेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस कोडिभ–१९ को संक्रमणबाट बच्न रामेछाप प्रशासनले निशेधाज्ञा जारी गरिएको छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सोमबार एक सूचना जारी गरी संघिय सरकारको निर्देशन र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार चैत ११ गते मंगलबार बिहान ६ बजे देखी चैत १८ गते मंगलबार बिहान ६ बजे सम्म निषेधाज्ञा जारी गरिएको हो ।
प्रशासनले निषेधाज्ञाको समयमा औषधी उपचार ,खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्तिलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । यस्तै अनुमति प्राप्त सवारी साधन , स्वास्थ्यकर्मी ,सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबहाक सवारी साधन संचालनमा पनि पुर्ण रुपमा रोक लगाएको छ ।