ताजा समाचार


रामेछापमा ४२ जना क्वारेन्टाइनमा

 नेपाल बाहक    १४ चैत्र २०७६, शुक्रबार १३:२५     370 जनाले पढ़िसके

रामेछाप । रामेछापमा क्वारेन्टाइनमा बस्नेको संख्या ४२ जना पुगेको छ । बिभिन्न स्थानमा जिल्लामा भित्रिएका ४२ जनालाई वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा बस्नेहरु छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट जिल्ला प्रवेश गर्नेहरु रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापका अनुसार गोकुलगंगामा ६ जना, दोरम्वामा १०, मन्थलीमा ९ , रामेछापमा १२ र खाडादेबिमा ५ जना रहेका छन् ।
त्यसै गरी रामेछाप जिल्लाको मन्थली नगरपालिकामा २२ वटा, रामेछापमा ४ वटा, दोरम्बा गाउँपालिकामा ७ वटा र सुनापति गाउँपालिकामा ४ वटा आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।
सबै पालिकाहरुले सामुदायीक भवन तथा विद्यालयका भवनहरुमा क्वारेन्टाइन कक्षहरु निर्माण गरेर संकास्पद र बाहिरबाट आएका मनिसहरुलाई राख्ने प्रवन्ध मिलाइएको रामेछाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । सामुयदायिक क्वारेन्टायनमा राखिएका मानिसहरुलाई क्वारन्टाइनमा राख्दा खाने बस्ने व्यवस्था समेत स्थानीय सरकारले मिलाउने गरि प्रवन्ध गरिएको छ ।