रामेछाप । चिनको हुहाङ सहर बाट बिश्वभर फैलिएको कोभिड–१९ को जोखिमको मध्यनजर गदैँ रामेछाप जिल्लामा ४५ आइसोलेसन र १ सय ६७ क्वारेन्टाइन कक्षको स्थापन गरीएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापका अनुसार मन्थली नगरपालिकामा २२ वटा, रामेछाप नगरपालिकामा ४ वटा, दोरम्बा गाउँपालिकामा ७ वटा र सुनापति गाउँपालिकामा ६ वटा आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।
त्यसैगरी मन्थली नगरपालिकामा २० वटा , रामेछाप नगरपालिकामा ६० वटा ,दोरम्बा गाउँपालिकामा ८ वटा , खाँडादेवी गाउँपालिकामा २० वटा , गोकुलगंगा गाउँपालिकामा १५ वटा , उमाकुण्ड गाउँपालिकामा २८ वटा र लिखुतामाकोशी गाउँपालिकामा १६ वटा क्वारेन्टाइन स्थापना गरिएको छ ।