ताजा समाचार


कोभिड-१९ : रामेछापको अवस्था कस्तो छ त ? (अडियो रिर्पोट)

 नेपाल बाहक    १७ चैत्र २०७६, सोमबार १२:२०     397 जनाले पढ़िसके

चिनको हुहान्ङसहरबाट फैलिएको कोडिभि–१९ भाइरस हाल सम्म १ सय ९० भन्दा बढि देशमा फैलिएको छ । कोरोना भाइरस बाट यो रिर्पोट रेकार्ड गर्दामा सम्म ३१ हजार १७ जनाको ज्यान गएको छ । यो भाइरस ६ लाख ६८ हजार भन्दा बढि मानिसमा देखिको छ भने १ लाख ४२ हजार ७ सय भन्दा बढि पुर्णरुपमा निको भएर आफ्नो घरमा फर्किएको बिश्व स्वास्थ्य संगठनको तथ्याङ देखाउ छ । कोभिडि १९ बाट ज्यान गुमाउनेमा धेरै इटालि,चिन,इरान, स्पेन,फ्रान्स,अमेरीका,बेलायत,नेदरल्याड र दक्षिण कोरीया मानिस छन् ।
अन्य देशमा झै नेपालमा पनि यो प्राणघातक भाइसर प्रबेश गरेको छ । शनिबार सम्मको नेपालमा यो रोग बाट ५ जनालाई कोरोना भाइरस संक्रमण भइएको स्वास्थ्य मन्त्रालय जनाएको छ । नेपाल सरकारले यो भाइरस नफैलियोस र थप क्षेति नहोस् भनेर नाका सिलबन्धी गर्ने र लक डाउन समेत गरेको छ । भने आइतवार बसेको मन्त्री परिषदको बैठकमा लकडाउन थप गर्ने समेत तयारी गरीएको छ ।
विश्वर महामारीका रुपान फैलिरहेको कोरोना भाइरसबाट बच्नका लागि देशभर जस्तै रामेछाप जिल्लामा पनि उच्च सतर्कता अपनाइएको छ । २ नगरपालिका र ६ गाउँपालिकाको ६४ वटा वड रहेको रामेछापमा सोमबार सम्म देशबाहिरबाट ७७ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने सम्भावि संक्रमणको जोखिमतालाई ध्यान दिदै जिल्लामा २,१७ क्वारेन्टाइन र ५३ आइसुलेसन वार्ड स्थापना गरिएको छ । विभिन्न स्थानमाबाट जिल्ला भित्रिएका ७७ जनालाई रामेछाप जिल्लमा क्वारेन्टाइनमा राखिएको छ । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

गोकुलगंगा गाउँपालिकामा १० जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा ८ जना, रामेछाप नगरपालिकामा २१ जना , सुनापति गाउँपालिकामा १२ जना , खाँडादेवी गाउँपालिकामा ११ जना , लिखुतामाकोशी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । यसमध्य ६७ जना होम क्वारेन्टाइनमा बसेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् । रामेछापमा रहेका ८ वटै स्थानीय सरकारले अहिले कोरोना भाइरस संक्रमणबाट बच्न उच्च सतर्कता अपनाइरहेका छन् । जिल्लाका सबै पालिकाहरुले संघिय सरकारको निर्देशन र पालिका स्तरीय बैठकबाट महत्वपुर्ण निर्णयहरु गरी सोही अनुसार काम गरिरहेका छन् । अहिले कोरोनाबाट बच्न स्थानीय श्रोत र साधनको अधिक प्रयोग गरी काम गरिरहेको बताउनु हुन्छ । खाडादेबि गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तमाङ ।
जिल्लामा संक्रमण फैलन सक्ने खतरालाई ध्यानमा राखि स्थानीय प्रशासनले निषेधाज्ञानै जारी गरी सुरक्षा र सवारी तथा मानिसको आवागमनमा कडाई गरीरहेको बताउनुहुन्छ रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा
कोराना मानिसबाट मानिसमा सर्ने संक्रामक रोग हो । यस बाट जोगिने प्रमुख उपाय भनेकै अन्य मानिसको नजिक र सम्पर्कमा नजानुनै हो । विश्वनै आक्रान्त भएको यो रोगबाट आपूm र आप्mना परिवार जोगाउन तथा विश्वलाई जोगाउन घरभित्रै वस्नुको विकल्प छैन । त्यसैले कोरोना भाइरसबाट बच्नका लागि घरभित्रै बसौ आफु पनि बचौ अरुलाई पनि बचाऔ