ताजा समाचार


राकाथुममा बोलेरो दुर्घटना हुदाँ २ जनाको मृत्यु

 नेपाल बाहक    १८ चैत्र २०७६, मंगलवार ०५:४७     361 जनाले पढ़िसके

रामेछाप । रामेछाप मंगलबार बिहान बोलेर दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ । बा १४ च ९४९८ नम्बरको वोलेर आज बिहान खाडादेबिको राकाथुममा दुर्घटना हुदाँ २८ जना घाइते भएको रामेछाप प्रहरीले जनाएको छ ।
रामेछाप प्रहरीका प्रमुख डिएसपि बसन्त पाठकले दिएको जानकारी अनुसार दोरम्वा २ कि २५ बर्षि संगिता पहरी र अर्का एक सनखत नखुलेका ब्यक्तिको ज्यान गएको छ । उनिहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
लकडाउनको कारण काठमान्डौँमा अलपत्र परेका यात्रु बोकेर रामेछापको दोरम्वा जादैँ गरेका बोलेर दुर्घटना भएको हो । घाइते हुनेहरु भक्तपुको इटा भट्टमा काम गर्ने मजदुर रहेको प्रहरी जनाएको छ । बोलेरो मंगलबार बिहान ५ बजे दुर्घटना भएको थियो ।