रामेछाप । रामेछापको पुरानो सदारमुकाम रामेछाप बजारमा सबारी प्रवेसमा निषेध गरेको छ । निषेधाज्ञा जारी भएको बेला पनि सबारीको चाप कम नभए पछि प्रवेश निषेध गरीएको नयाँ गोरखदल गण रामेछापका गणपति गणेश भण्डारीले जानकारी दिनुभयो । सवारीको चाप कम नभएपछि कोरोना भाईरसको संक्रमण हुन सक्ने आशंका बढ्दै गएको भन्दै नयाँ गोरखदल गणले ब्यारेक गेट अगाडी काँडे तार हालेर सवारी साधन प्रबेशमा रोक लगाईएको हो ।
प्रहरीको चेक जाँचलाई छल्दै सवारी साधनहरुको आवत जावत नरोकिएपछि बाध्य भएर सवारी साधन प्रबेशमा रोक लगाउनु परेको गणपति भण्डारीले बताउनु भयो । ईमर्जेन्सी सवारीको आवागमन र पास लिएका सवारी साधनको आवागमनलाई भने अबरोध नगरिएको बताउनु भयो।