रामेछाप । रामेछापमा १ करोड ८६ लाख बराबरको कोरोना भाइरस बिरुद्घ कोषको स्थापन भएको छ । बिश्वभर फैलिएको कोभिड–१९ को रोकथामको लागि रामेछापका ५ वटा स्थानीय तहले कोरोना बिरुद्घ कोषको स्थापना गरेका हुन् ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, र सुनपाति गाउँपालिका गााउँपालिकाले कोषको स्थापना गरेका हुन् ।
जिल्लाको मन्थली नगरपालिकाले १ करोड रुपैयाँको कोष स्थापना गरेको छ । यसैगरी रामेछाप नगरपालिकाले कोरोना बिरुद्घको बिशेष कोषमा रु २५ लाख र तत्कालको लागि दशलाख १० लाख र बराबारको रकम राखेको छ । खाँडादेवी गाउँपालिकाले १५ लाख, गोकुलगंगा गाउँपालिकाले १० लाख र सुनपाति गाउँपालिकाले २६ लाख बराबरको कोषको स्थापन गरेको सम्बन्धित पालिकाका प्रमुख एवं अध्यक्षहरुले बताएका छन् ।
सो रकम औषधि, पिपिआर तथा राहत जस्ता कार्यमा खर्च गरीने मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले बताए ।
रामेछापका स्थानिय तहले राहत बितरणको लागि तथ्याङ समेत संकलन गर्न सुरु गरेका छन् । राहत बितरणको लागि रामेछापको रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, खाडाँदेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका र सुनपाति गाउँपालिकाले तथ्याङ संकलनको काम सुरु गरेको सम्बन्धित अधिकारीहरुले बताएका छन् ।
रामेछापका ३ गाउँपालिकाले भने कोषको स्थापन गरेका छैनन् । रामेछापको दोरम्वा गाउँपालिका लिखुतामाकोसि गाउँपालिका र उमाकुण्ड गाउँपालिकाले कोषको स्थापन गरेका छैनन् । दोरम्वा गाउँपालिकाकि उपाअध्यक्ष कृशला घिसिङ र उमाकुण्ड गाउँपालिकाकि उपाअध्यक्ष उर्मिला कार्किले दिएको जानकारी अनुसार यी दुई पालिकाले पनि कोष स्थापनाको लागि छलफल चलाइरहेका र चाडै कोष स्थापन गरीने बताए ।