ताजा समाचार


नक्कली बिरामी बोक्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा

 नेपाल बाहक    २४ चैत्र २०७६, सोमबार १०:३३     518 जनाले पढ़िसके

रामेछाप । रामेछाप प्रहरीले एक एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ । बिरामि भन्दै अन्य यात्रु बोकेको अरोपमा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ । नेपाली काग्रेस महासमिति सदस्य पुर्ण बहादुर तमाङ कान्छारामले गोकुलगंगा गाउँपालिका वडा न. ६ लाई उपलब्ध गराएको प्रदेश ३–२२–०१ च २१६३ नम्वरको एम्बुलेन्सलाई प्रहरी नियन्त्रणमा लिएको हो ।
आइतवार काठमान्डौँ बाट नक्कली बिरामी लिइ हिडेको एम्बुलेन्सलाई सेलेघाट प्रहरी नियन्त्रणमा लिएको हो । रामेछापका प्रहरी प्रमुख डिएसपि बसन्त पाठकका अनुसार एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएको छ ।