ताजा समाचार


लकडाउनको कारण रामेछापमा दुधजन्य बस्तुको खरिद/बिक्रि ह्वातै घट्यो (अडियो रिर्पोट)

 नेपाल बाहक    २४ चैत्र २०७६, सोमबार १२:१८     753 जनाले पढ़िसके


रामेछाप । रामेछापमा दुध तथा दुध जन्य बस्तुको खरीद बिक्रि ह्वातै घटेको छ । बिश्वभर फैलिएको कोभिड १९ भाइरसका कारण अहिले रामेछापमा त्यसको असर परेको हो । रामेछापको मन्थलीमा रहेका डेरीले मन्थली आसपासका किसानको दुध किनिदिने गरेको थिए । लकडउन भए पछि दुध जन्य बस्तुको खरिद बिक्रिको ह्वातै घटेको छ । जसको कारण किसानको दुध किनिदिने डेरी उद्योगि पनि खस्किएका छन् । दुध विक्रि नहुँदा डेरीहरुले किनानको दुध उठान नसकेको चिरन्जिबि डेरी मन्थली रामेछापका प्रोपाइटर भानुभक्त श्रेष्ठले बताउनु भयो । लकडाउनको कारण डेरी उद्योगि र किसान दुबै मर्कामा परेको श्रेष्ठले बताउनु भयो ।श्रेष्ठका अनुसार पहिला दैनिक १ हजार ३ सय लिटर दुध खपत भए पनि अहिले रामेछापमा ४ सय लिटर मात्र दुध खपत हुने गरेको छ । जसको कारण उद्योगिलाईलाई भाडा, कर्मचारी लागएतको खर्च धान्द मुस्किल भएको छ भने किसानलाई पनि दाना तथा अन्य खर्च धान्द मुस्किल भएको छ ।
लकडाउनको करण दैनिक सयौँ लिटर दुध खेर जाने गरेको कृषकको गुनासो छ । किसानले उत्पादन गरेको दुध बिक्रि नहुदा किसान मर्कामा गरेको मन्थली दुध सहकारी संस्था लिमेटडकि अध्यक्ष डुकुना पोखरेलले बताउन भयो । गाई भैसिलाई आवश्यकता पर्ने दाना पराल समेत तराई बाट आउने भएकाले ढुवानिमा समेत समस्या हुदाँ कसरी गाईभैसि बचाउने भन्ने समस्या भएको अध्यक्ष पोखरेल बताउनु हुन्छ । त्यस्तै दैनिक ४० लिटर दुध बेच्ने मन्थलीका अर्का किसान यज्ञ प्रसात ढुगेल पनि अहिले ३ दिनमा २० लिटर दुध बिक्रि गर्नु परेको बताउनु हुन्छ । दुध विक्रि नहुँदा किसनहरुको ठूलो क्षति भएको किसान ढुगेलको गुनासो छ ।
तर किसानको समस्या समधानको लागि प्रयास भइरहेको रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशप प्रसात घिमिरे बताउनु हुन्छ । दुध किसान र डेरी उद्योगिको समस्या सबधानको लागि सम्बन्धित निकाय संग छलफल भए पनि कुनै निष्कर्ष निकालन नसकिएको घिमिरेले बताउनु भयो । केहि लिटर मात्र यहि खपत भए पनि सबै दुध रामेछापमै खपत नहुदाँ किसान मर्कामा परेको स्वाकार गदै अध्यक्ष घिमिरेले दुध किसानको समस्या सबधानको लागि अझै प्रयास गर्ने बताउनु भयो ।
मन्थलीमा अहिले २ वटा डेरी सन्चालनमा रहेका छन् । यिनै डेरीले मन्थली आसपासका किसानको दुध किनिदिने गरेका छन् । दुधको राम्रो बजार भएपछि जिल्ला सदरमुकाम मन्थली आसपासका किसानहरुले ठूलो रकम लगानि गरेर गाई भैरी पाल्न लागेका छन् । जसले गर्दा रामेछाप जिल्ला दुधमा लगभग अत्मा निर्भर बनेको छ । किसानको अन्य समस्या त छदैँछ तर उत्पादन भएको दुध बिक्रि नहुदाँ किसान झनै ठुलो मर्का परेका छ्न ।